गोरखा, मंसिर १५ –एक घर एक चर्पी गोर्खालीको शान, सन् २०१४ सम्म गोरखा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान अन्तर्गत गोरखा नगरपालीकालाई यहि मंसिर २६ गते पूर्ण रुपमा रंगशालामा एक विशेष कार्यक्रम गरेर खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिने भएको छ । गोरखा नगरपालीकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमलाई सफल पार्न नगर स्तरिय खानेपानी तथा स्वच्छता समन्वय समितिको वैठकद्वरा विभिन्न उपसमितिहरु गठन गरिएको छ । जसअन्तर्गत यातायात व्यवस्थापनको लागी किरण वावु कट्टेलको संयोजकत्वमा २ वटै यातायात व्यवशायी समिति सदस्य रहेका छन । गेट निर्माणको लागी निशान पाठक संयोजक छन् भने उद्योग वाणिज्य संघ, निर्माण व्यवशायी संघ र टोल विकास संस्था सदस्य रहेका छन । साँस्कृतिक कार्यक्रमको लागी गैरसरकारी संस्था महासंघ, जिल्ला शिक्षा कार्र्यालय जेष्ठ नागरिक समाज,नगर सुधार समिति, साँस्कृतिक प्रतिष्ठान सदस्य रहने गरी सुमन श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

त्यस्तै गरी मुल्याङकनको लागी राजकुमार श्रेष्ठ, स्वागत सत्कारको लागी भिम वहादुर खत्री, शौचालय व्यवस्थापनको लागी निशान पाठक, प्रचार प्रसार र ओडिएफ घोषणा पत्रको लागी विजया उपाध्यायको संयोजकत्वमा क्लव, महिला समुह, खानेपानी कार्यालय, पत्रकार महासंघ, पत्रपत्रिका तथा रेडियो लगायत गैरसरकारी संस्था महासंघका प्रमुखहरु सदस्य रहने गरी उपसमिति गठन गरिएको हिजो पत्रकार सम्मेलन गरेर नगरपालीकाका कार्यकारी अधिकृत चन्द्रा थापाले जानकारी दिनुभयो ।

८ हजार ७ सय ९३ घरधुरी तथा ३२ हजार ४ सय ७३ जनसंख्या भएको नगरपालीकाले ५३० घरधुरीलाई भने चर्पी निर्माणको लागी सामानहरु पनि सहयोग गरेको थियो जसमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले पनि सहयोग गरेको थियो ।नगरपालीकाले पहिलो कार्यक्रम मार्फत एक वडा बराबर एक सार्वजनिक शौचालय निर्माणको गर्नको लागी पहल गर्ने वताएको छ भने ओडिएफ कार्यक्रमलाई सहयोग गर्न विभिन्न संस्थाहरुलाई पनि सहयोग गर्न अनुरोध गरेको छ । 

Post a Comment

 
Top