कात्र्तिक १ –कञ्चनपुरका विवाहित ३३ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । सानै उमेर विवाह गर्ने, धेरै पटक बच्चा जन्माउने, जन्मातर थोरै हुने, गर्भवतीको समयमा गह्रौ भारी बोक्नु र पौष्टिक आहारको कमीलगायतका कारणले पाठेघर खस्ने समस्या देखापरेको चिकित्सहरुले बताएका छन् । जनस्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक बलबहादुर महतले पाठेघर खस्ने समस्यासम्बन्धी जनचेतना कमी, स्वास्थ्य सेवा प्रभावकारी नहुनु र महिलामाथि अत्यधिक कामको बोझले गर्दा पाठेघर खस्ने समस्या बल्झिदै गएको बताउनुभयो । उहाँका अनुसार १५ देखि ४९ वर्ष समूहका महिलामा बढी पाठेघर खस्ने समस्या छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment