गोरखा श्रावण ३१ –गोरखा परिवार वेयलफेयर फाउण्डेशन गोरखाले आज गोरखाका विभिन्न विद्यालयमा अध्ययनरत १३ जना द्वन्द्व पिडित बालबालिकाहरुलाई ६७ हजार १ सय छात्रबृत्ति वितरण गरेको छ । संस्थाले दक्षिण कोरियामा बैद्यानीक रुपमा कार्यरत गोरखालीहरुको आर्थिक सहयोगमा द्वन्द्व पिडितको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले प्रावि र निमाविमा अध्ययनरत ४ जना छात्रछात्रालाई ३७ सय, माविमा अध्ययनरत ६ जनालाई ४७ सय र उच्च माविमा अध्ययनरत ३ जनालाई ५७ सय गरी ६७ हजार १ सय छात्रबृत्ति वितरण गरेको हो । छात्रबृत्ति पाउनेहरुमा द्वन्द्वको समयमा पिता गुमाएका धावा ५ का सेज्ट जोसेफमा अध्ययनरत सुदिप प्याकुरेल, प्रभात उच्च माविमा अध्ययनरत धावा ५ का पिता गुमाएका सन्तोस लामिछाने, गण्डकी मावि थुमीमा अध्ययनरत आरुआरुबाङका ८ का पिता गुमाएका, गणेश खड्का , त्यस्तैगरि, अन्नपूर्ण उच्च माविमा अध्ययनरत खोप्लाङ ९ का द्वन्द्वमा पिता गुमाएका सोभा श्रेष्ठ, सोही विद्यालयमा अध्ययनरत पिता गुमाएका कोपिला श्रेष्ठ, माहालक्ष्मि उच्च मावि मा अध्ययनरत ताप्ले ६ का पिता गुमाएका सुनिता भट्ट, सोही विद्यालयमा अध्ययनरत पिता गुमाएका लिला भट्ट, भवानी उच्च मावि मा अध्ययनरत मान्वु ३ का पुष्कर श्रेष्ठ, सोही विद्यालयमा अध्ययनरत सुजता श्रेष्ठ, महालक्ष्मि उच्च माविमा अध्ययनरत पिता गुमाएका छोप्राक ३ का निर्माण घिमिरे, शक्ति उच्च माविमा अध्ययनरत बोर्लाङ ५ का द्वन्द्वमा दाजु गुमाएका सुधा सुवर्णकार, सोही गाविसका कञ्चन सुर्वणकार र सरस्वति उच्च मावि मा अध्ययनरत तान्द्राङ ९ का विस्थापित एलिना धिताल रहेका छन् ।
विद्यार्थीहरुलाई अध्ययनको लागि थोरै भएपनि राहत पुगोस् भनेर छात्रबृत्ति गरेको संस्थाले जनाएको छ । छात्रबृत्ति वितरण कार्यक्रममा फाउण्डेसनका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षता र गोरखाका प्रहरी नायव उपरिक्षक रमेश थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाका सदस्य यादव शर्माले संस्था स्थापनाका उद्देश्य माथी प्रकाश पार्नुभएको थियो । कार्याक्रममा छात्रबृत्ति पाउने विद्यार्थीको तर्फबाट सुमित्रा भट्ट, नव ज्योती मावि डण्डी डाडाका प्रद्यानाध्यपक पुरुषोत्तम अर्याल, कोरियामा आर्थिक संकलन गर्ने गोरखालीहरुको संस्थाको प्रतिनिधि रमा लामिछाने, नेपाल पत्रकार महासंघ जिल्ला शाखा गोरखाका अध्यक्ष भिमलाल श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।
Post a Comment