२७ असार, काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखा कोषाध्यक्ष सीता पोखरेललाई आक्रमण गर्नेहरुलाई कारवाही गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल पत्रकार महासंघले सरकारसँग माग गरेको छ ।

समाचार संकलनको क्रममा भक्तपुरको अनन्तलिंगेश्वर नगरपालिका(३ मा एक समुहले पोख्रेललाई आक्रमण गरी घाइते बनाएको थियो । महासंघ काठमाडौं शाखाका अनुसार यही असार २३ गते भक्तपुरको टिकाथली गाविसमा समाचार संकलन गरी घर फर्किनेक्रममा भक्तपुर सिरुटार( १ बस्ने सुवर्ण राउत, राजु राउत, भागीरथी राउत, किरण राउत र केदार राउतको समुहले उनलाई दुर्व्यवहार गर्दै आक्रमण गरेका थिए ।

‘नागरिकलाई सुसूचित गराउने दायित्वमा जुटेका पत्रकारमाथि भएको यो आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम हो,’ महासंघ महासचिव उजिर मगरले आइतबार निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘महासंघ पत्रकार पोखरेलमाथि भएको आक्रमणको कडा शब्दमा भ्रर्त्सना गर्दछ । र, घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी कारवाही गरी पीडितलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्दछ ।’


Post a Comment

 
Top