पहिरोले विजयपुर भगवती हाइड्रोपावरमा क्षती, विद्युत उत्पादन बन्द
पोखराको विजयपुर खोलामा निर्मित विजयपुर–१ साना जलविद्युत परियोजनाको पावर हाउसमा पहिरोले क्षती पु¥याए पछि १५ दिनका लागी विद्युत उत्पादन बन्द भएको छ । अविर वर्षा पछि पोखरामा बन्न लागेको विमान स्थल तिरबाट गएको भेल र पहिरोले विजयपुर खोला थुनिए पछि पावर हाउसमा क्षती पुगेको हो ।


भगवती हाइड्रोपावर डेभलपमेन्ट प्रालिद्वारा सञ्चालित हाइड्रोपावरले ४ दशमलव ५ मेगावाट विजुली उत्पादन गर्दै आएको छ । पावर हाउसमा क्षती पुगे पछि विजुली उत्पादन बन्द गरिएको हाईड्रोका प्रोजेक्ट म्यानेजर बसन्त महोन भट्टराइले जानकारी दिए । उनले विद्युत उत्पादन गृहमा क्षती पुगेका कारण करिब १५ दिन विद्युत उत्पादन बन्द हुने बताए । के के विग्रिएको छ भने बारेमा सबै जाचँ गरेर बनाउ कम्तीमा पनि १५ दिन लाग्ने बताए । पहिरोले करिब १५ करोडको क्षती पु¥याएको शर्माको भनाई छ ।
लेखनाथको ३ र ५ नम्बर वडास्थित सक्नेरी भन्नेस्थानमा हाइड्रोपावरको ड्याम निर्माण गरिएको छ । करिब ७० करोडको लागतमा निमार्ण भएको हाइड्रोपावरबाट ४ वर्ष अगाडीबाट विद्युत उत्पादन हुदै आएको छ । बाँधदेखि पावर हाउससम्मको दुरी झण्डै १ हजार १ सय मिटर तल रहेको छ । तीन सय १४ मिटर लामो नहर बनाइएको छ । पेन स्टक ६३ मिटर छ । हाइड्रोपावरको लागि आवश्यक जलाशय क्षेत्र ७० मिटर रहेको छ । हाइड्रोपावरको लागि प्रालिले १ सय ४५ रोपनी जग्गा भाडामा लिएको छ । स्थानीय रामज्योति निमाविको स्वामित्वमा रहेको जग्गा प्रालिले ५० वर्षको लागि भाडामा लिएको हो । २१ रोपनी क्षेत्रफल भने प्रालिले खरीद गरेको छ ।

Post a Comment

 
Top