नेपाल आयल निगमले भोलीबाट साविक मात्रामा सबै पेट्रोल पम्पबाट ईन्धन वितरण गर्ने भएको छ । रक्सौला नाका खुलेपछि ईन्धन आयात सहज भएकाले निगमले सामान्य अवस्थाकै परिमाणमा इन्धन वितरण गर्न लागेको हो । यद्यपी शुरुको एक साता परिक्षणस्वरुप मोटरसाईकललाई ५ लिटर र चार पाङ्ग्रे सवारीलाई १५ लिटर वितरण गरिनेछ । आगामी एक हप्तामा वितरण पूर्ण सहज हुने निगमको दाबी छ ।
यस्तै, ग्यासको आपूर्ती पनि बढेकाले वितरण सहज हुदै जाने घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार पूरा सिलिण्डर ग्यास बाँड्ने बिषयमा भने आगामी आईतबार वाणिज्य तथा आपूर्ती मन्त्रालयसंग छलफल गरि निर्णय गरिनेछ ।
भारतीय नाकाबन्दीका कारण आपूर्ती कम भएयता निगमले आधा सिलिण्डर ग्यास वितरण गर्दै आएको छ । भारतीय आयल कर्पोरेशनले ग्यासको आपूर्ती पनि बढाउदै लैजाने बताएकाले १ महिनाभित्र ग्यास वितरण पूर्ण रुपमा सहज हुने घिमिरेले बताउनुभयो ।
11 Feb 2016

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top