लेखनाथ २०, असार
पश्चिमाञ्चल क्षेत्रिय प्रशाशक दिनेश कुमार थपलियाले उपभोक्ता कमजोर हुदा निजी क्षेत्र कमजोर हुने धारणा राखेका छन ।
लेखनाथ उद्योग वाणिज्य संघको १९ औं स्थापना दिवश तथा वार्षिकोत्सव समारोहमा वोल्दै थपलियाले निजि क्षेत्रले उत्पादन गर्ने उपभोग्य वस्तुमा उपभोक्ताको खरिद गर्ने क्षमता कमजोर भयो भने उत्पादन गर्ने निजी क्षेत्रपनि कमजोर हुने भनाई राखेका थिए ।
राष्ट्रको विकासका लािग निजी क्षेत्रको महत्वपुर्ण भुमिका रहेकाले अव आउने संविधानमा लगानी मैत्रीका विषयहरु समेटीनु पर्दछ उनको सुझाव थियो ।
देश निर्माणका लागि संका होईन उपयुक्त विश्वासको वातावरण सृजना गर्दै व्यापार मुखी अर्थतन्त्रलाई होईन देश निर्माण र देशको अर्थतन्त्रलाई वलियो वनाउनु पर्छ उनको धारणा थियो ।
सोही नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले सवै मिलेर नेपाल वनाउने अभियानमा लागौ देश संकटमा परे पनि पर्यटन विकास लगायत स्वदेशी उत्पादनलाई वढवा दिनु पर्दछ उनको भनाई थियो ।
पश्चिमाञ्चल ईन्जीनियरिङ क्याम्पसका निमित्त क्याम्पस प्रमुख प्रा.दिपक थापा र भूगोलविद प्रा. डा. कृष्ण के.सीले भूकम्प सम्वन्धी कार्यपत्र प्रस्तूत गर्नुभएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  महिलाहरुको प्रतिनिधीत्व गर्दै विन्द सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल, प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर राउत लगायतले शूभकामना व्यक्त गर्दै समग्र पोखरा उपत्यकाको विकासका लागि पोखरा र लेखनाथ नगर क्षेत्रको गुरु योजना वनाएर अगाडी वढनुपर्ने विचार राखेका थिए ।
कार्यक्रमको संचालन लेखनाथ उद्योग वाणिज्य संघका महासचिव वलराम ढकाल र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले गर्नुभएको थियो ।
सोही अवशरमा संघले ४० लाख लागतमा निर्माण गरेका अत्याधुनिक सुविधा सम्पन्न नवनिर्मित सभाकक्षको उद्घाटन गरिएको थियो ।
सोही कार्यक्रमा सरसफाई तथा वातावरणको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भनी लेखनाथ नगरपालिका वडा नं ११, निवाशी कृष्णप्रसाद  ढुङाना र संघको संस्थागत विकाशका लागि अत्यन्त निष्ठापुर्वक सेवा गरेको भनी कर्मचारी कृष्णराज पौडेललाई सम्मान गरिएको थियो ।

Post a Comment

 
Top