गोरखा श्रावण ३१ – बर्षाको कारण स्थगित भएको पश्चिमाञ्चल क्षेत्रिय उद्यमी तथा हस्तकला प्रर्दशनी एवं दोस्रो तिज मेला भोलीबाट सञ्चालन हुने, मेला ३ गते सम्म चल्ले आयोजकको भनाई । श्रावण ३० गते अर्थात् हिजोबाट भाद्र २ गतेसम्म सञ्चालन हुने भनिएको दोस्रो पश्चिमाञ्चल क्षेत्रिय महिला उद्यमी तथा हस्तकला प्रर्दशनी मेला बर्षाको कारण स्थगित भएको थियो । बर्षाको कारण स्थगित भएको मेला भोली भाद्र १ गतेबाट ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रमको सम्पूर्ण तयारी भएको आयोजकले जनाएको छ । भोली बिहान ११ बजेबाट ¥याली सुरु हुने र औपचारीक कार्यक्रम भने रानी पोखरी परिसरमा गरीने भएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Post a Comment

 
Top