असोज, १४ –संविधानका अन्तरवस्तुमा सहमति जुटाउन आज पनि प्रमुख दलका शिर्ष नेताहरुको बैठक बस्दैछ । बैठक सिंहदरमा अहिले बेहिबेरमा शुरु हुनेछ । संविधानका प्रमुख विवादित विषय राज्यको पुनरसंरचना, शासकिय स्वरुप, निर्वाचण प्राली लगयत विषयमा दलहरुचि मतभेद छ । विवादित विषयमा आज सम्म सहमति कायम गर्नुपर्ने समय सिमा छ । जको बैठकमा हिजो संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले हिजो प्रस्तुत गर्नु भएको राज्यको पुनःसंरचनाका लागि आठ, नौ र १० प्रदेशको प्रस्तावमाथि आज छलफल हुनेछ ।
सभापति भट्टराईले तराई–मधेसमा दुई, पहाडमा आठ प्रदेश गरी १० प्रदेशको प्रस्तव गर्नु भएको छ । मिथिला–भोजपुरा, थारुवान–अवध–लुम्बिनी, थारुवान, लिम्बुवान–मेची, किरात–कोसी, ताम्सालि–सैलुङ, नेवा–बाग्मती, तमुवान–गण्डकी, मगरात धौलागीरी र कर्णाली–खप्तड गरी नौ प्रदेश अर्को विकल्पको रपा प्रस्ताव गरिएको छ । त्यस्तै मिथिला–भोजपुरा, थारुवान–अवध–लुम्बिनी, किरात–लिम्बुवान–कोसी, ताम्सालि–सैलुङ, नेवा–बाग्मती तमुवान–मगरात–गण्डकी, कर्णाली–भेरी र महाकाली खप्तड गरी आठ प्रदेशको खाका प्रस्तुत गर्नुभएको छ ।
संविधान निर्माणका क्रममा विभिन्न पक्ष र समूहसँग विभिन्न समयमा राज्य पुनःसंरचना, शासकीयस्वरूप र निर्वाचन प्रणालीका बारेमा समितिले गरेको छलफल र वार्ताका आधारमा सम्भावित विकल्पको प्रस्ताव तयार पारिएको र उक्त प्रस्तावमा आज सहमतिको प्रयास गरिने समितिका सभापति बाबुराम भट्टराईले जानकारी दिनुभयो । आज बिहान प्रमुख दलका शीर्ष नेताबीच सहमति गरी दिउसो १ बजे बस्ने सहमति समितीको बैठकले बेलुकासम्म छलफल गरी सहमतिको प्रयास गर्ने सभापति भट्टराईले बताउनुभयो । संवैधानिक राजनैतिक सम्वाद समितीलाई विवादित विषयमा आज सम्ममा सहमति कायम गर्नुपर्ने समय सिमा छ ।

Post a Comment