गोरखा, असोज १३ –गोरखाको घैरुङ्गस्थित भगवती हिमालय उच्च माध्यमिक बिद्यालयले यही असोज २६ गतेदेखि कात्तिक २ गतेसम्म महायज्ञ सञ्चालन गर्ने भएको छ । ८ दिनसम्म चल्ने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञ प्रभावकारी रुपमा व्यवस्थापन गर्न मुल आयोजक समिति र विभिन्न २८ वटा उपसमितिहरु समेत गठन गरिएको छ । महायज्ञका लागि अहिले प्रचार प्रसार र अन्य व्यवस्थापनको काम भैरहेको मुल आयोजक समितिका संयोजक श्रीकृष्ण्का ढकालले जानकारी दिनुभयो । उपसमिति अन्तर्गत निर्णायक उपसमिति संयोजक बिकास सुन्दर श्रेष्ठ, अर्थ संकलन उपसमिति संयोजकमा मित्रलाल पन्त, प्रचार प्रसार उपसमिति संयोजकमा डिल्लाराम रेग्मी लगाएत चयन हुनुभएको छ । बिद्यालय शान्ती क्षेत्रको कामना सहित भौतिक पुर्वाधार निर्माण तथा क्याम्पस स्थापनाका लागि सञ्चालन हुन लागेको महायज्ञमा करिब १ करोड संकलन हुने र १० लाख खर्च लाग्ने अनुमान गरिएको छ । महायज्ञको तयारीका लागि प्रचारप्रचार, मञ्च व्यवस्थापन, घरदैलो लगायतका कार्यक्रमहरु भैरहेको बजार व्यवस्थापक समितिका संयोजक कृष्णराज पन्तले जानकारी दिनुभयो । विद्यालय परिसरमै हुने महायज्ञको नेपालका शान्तीदुत आध्यात्म शिरोमणी पण्डित रामकृष्ण उपाध्यायले कथा बाचन गर्नुहुनेछ । गत असारमा आएको हावाहुरी र पानीले बिद्यालयमा क्षति पु¥याएपछि त्यसको मर्मतका लागि र क्याम्पस संचालन गर्नका लागि आवश्यक पर्ने रकम संकलन गर्ने उद्देश्यलदे महायज्ञ गर्न लागिएको विद्यालयका प्रधानध्यापक खुन प्रसाद रेग्मीले जानकारी दिनुभयो । नेपालका विभिन्न ठाउँमा रहेका र बैदेशिक रोजगारीमा गएकाहरुबाट पनि सहयोग संकलन गर्न विभिन्न उपसमिति नै गठन गरेर अहिले समन्वयको काम गरिरहेको रेग्मीले बताउनुभयो । ग्रामिण क्षेत्रमा उच्च शिक्षाको पहुँच पु¥याई आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पनि शिक्षाको अवसर प्रदानका लागि सहयोग गर्न आयोजक समितिले सबैलाई आग्रह समेत गरेको छ । गोरखाको घैरुङ्ग, ताङ्गलीचोक, फुजेल, मकैसिं, दर्वुङ, नामजुङ, ताक्लुङ, बुंकोट लगाएत गाविसका विद्यार्थीहरुलाई लक्षित गरी क्याम्पस सञ्चालन गर्न लागिएको प्रचार प्रसार समितिका संयोजक डिल्लीराम रेग्मीले बताउनुभयो । नर्सरीदेखी प्लस टु सम्मको कक्षा सञ्चालन गरिएको बिद्यालयमा अहिले १ हजार भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत छन् । रेडियो मातृभूमि / प्रकाश ढकाल,
Subscribe to:
Post Comments (Atom)
Post a Comment