कार्तिक २७ –एकीकृत नेकपा माओवादीले काग्रेस एमालेले सम्बाद समितिमा पेश गरेको संघियताको ७ प्रदेशको अबधारणाले राजनितिक गतिअबरोध सृजना भएको आरोप लगाएको छ । आज पार्टी नेता बाबुराम भट्राई निवास सानेपामा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले काग्रेस, एमालेको ७ प्रदेशको प्रस्ताब छलफलका लागि ठिकै भएपनि संविधानसभामा नै पठाउन भने नसकिने स्पष्ट पार्नुभयो ।
यहि प्रस्ताबका कारण संविधान नबन्ने हो कि भन्ने चिन्ता उत्पन्न भएको श्रेष्ठको भनाई छ । संबैधानिक राजनितिक सम्बाद तथा सहमति समितिमा संविधानसभाले पठाएको प्रस्ताबहरु माथी मात्रै छलफल हुने भन्दै उहाँले ७ प्रदेशको बाहिरको प्रस्ताबमा छलफल हुन नसक्ने धारणा राख्नुभयो । श्रेष्ठले अध्यक्ष प्रचण्ड राजधानी बाहिर गएपनि अन्य जिम्मवार नेता यहि भएकाले यसले संविधान निमार्णको जारी प्रक्रियामा कुनै पनि बाधा अबरोध सृजना नगरेको पनि प्रष्ट पार्नुभएको छ । सम्बाद समिति सभापति भट्राईले माओवादी सहमतिबाट माघ ८ गते भित्रै संविधान बनाउन प्रतिबद्ध रहेको दोहो¥याउदै अझै पनि सहमतिको संभावना रहेको उल्लेख गर्नुभयो ।
Post a Comment