गोरखा नगरपालिका ९ स्थित छेवेटारमा रहेको छेवेटार नगर स्वास्थ्य केन्द्रमा स्थानियहरु उल्लेख्य मात्रामा स्वास्थ्य परिक्षण गराउन आउने गरेता पनि त्यहाँ औषधिहरु भने म्याद गुज्रिन लागिसकेका पुग्ने गरेका छन् । नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट जनताहरुको लागि निशुल्क वितरण गरिने औषधिहरु समयमानै नपुग्ने र पुगिहाले पनि धेरै औषधिहरु १ महिना मात्र म्याद बाँकी हुने गरेको छेवेटार नगर स्वास्थ्य केन्द्रको स्वास्थ्य इन्चार्ज राममाया लामाले बताउनुभयो । औषधिको म्याद बढिमा  ६ महिनाको हुने गरेको उहाँको भनाई छ । नगर स्वास्थ्य भएकोले गाविसहरुमा जस्तो जतिवेला औषधि प्याकिङ ग¥यो त्यतिवेला पु¥याउने सुविधा नभएको र नगरपालिकाको बस जतिवेला खाली हुन्छ त्यतिवेला मात्र औषधि आईपुग्ने भएकाले औषधिहरुको छिट्टै म्याद गुज्रने हुदा खाल्डो खनेर पुनुपर्ने अवस्था रहेको उहाँले गुनासो गर्नुभयो । केन्द्रबाटै औषधि ढिलो आउने गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको उहाँको भनाई छ ।
छेवेटार नगर स्वास्थ्य केन्द्रमा अत्यावश्क औषधि भित्र पर्ने जिवन जल सकिएको छ । जीवन जल स्वास्थ्य केन्द्रको स्टलमा कहिलै अभाव हुन नहुने भएता पनि जिल्ला जनस्वास्थ्यले समयमानै औषधि नपु¥याईदिएको कारण अहिले स्टलमा सकिएको इन्चार्ज लामाले जानकारी दिनुभयो । साउन महिनामै जिल्ला जनस्वास्थ्य कार्यालयमा औषधि माग आवेदन बुझाएपनि अहिले सम्म स्वास्थ्य केन्द्रमा औषधि नआईपुगेको लामाले बताउनुभयो ।
नागरिक बडापत्र नहुदा कस्ता र कति औषधि निशुल्क उपलव्ध हुन्छ भन्ने कुरा सेवाग्राहीहरुलाई  थाहा नहुदा आफुहरुलाई समस्या परेको इन्चार्ज लामाले गुनासो पोख्नुभएको छ । बडापत्र राख्नेका लागि जिल्ला जनस्वास्थ्यले नगरपालिका संग समन्वय गरीसकेता पनि नगरपालिकाले बडापत्र बनाउन ढिलाई गरिरहेको छ । विरामीको चाप अत्याधिक हुने केन्द्रमा औषधिको अभाव भएको छ ।
आर्थिक बर्ष २०७०÷०७१ मा छेवेटार नगर स्वास्थ्य केन्द्रबाट २ हजार ५ सय ३२ जनाले स्वास्थ्य सेवा लिएका छन् । केन्द्रबाट स्वास्थ्य सेवा लिनेको संख्या बर्षेनी बढ्दै गएको छ । आर्थिक बर्ष ०६९÷०७० मा भन्दा ०७०÷०७१ मा धेरैले स्वास्थ्य सेवा लिएका छन् । आर्थिक बर्ष ०६९÷०७० मा २ हजार ७५ जनाले सेवा लिएका थिए भने आर्थिक बर्ष ०७०÷०७१ मा २ हजार ५ सय ३२ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

Post a Comment

 
Top