गोरखा नगरपालिका ३ को कालीमाटी टोल विकास संस्थाको छैटौ साधरण तथा चौथो अधिवेशन आज सम्पन्न भएको छ । आज भएको अधिवेशनले शिशु बावु प्रधानको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा ऋषिराम देवकोटा, सचिवमा कृष्ण थापा, सह–सचिवमा मैया देवि दाहाल र कोषाध्यक्षमा दिपक वावु शाही चयन हुनुभएको छ ।
त्यस्तैगरी सदस्यहरुमा विष्णु माया श्रेष्ठ, शुशिला थापा, भव लाल श्रेष्ठ, राम बहादुर गुरुङ, यूवराज श्रेष्ठ, र मोहन बाबु श्रेष्ठ रहनुभएको छ । समितिको सल्लाहाकारहरुमा भरत कुमार श्रेष्ठ, शुशिल बाबु श्रेष्ठ, जगन सिं गुरुङ, टेक मान श्रेष्ठ र कृष्ण मान श्रेष्ठ रहनुभएको छ । सभामा निर्वतमान सचिव काशीनाथ अंगाईले समितिको बार्षिक प्रतिवेदन र निर्वतमान कोषाध्यक्ष दिपक बाबु शाहीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शभा टोल विकास समितिको अध्यक्ष शिशु बाबु प्रधानको अध्यक्षता र नगरपालिकाको प्रतिनिधि सुजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वर्तमान सचिव कृष्ण थापाले जानकारी दिनुभयो ।

Post a Comment

 
Top