कार्तिक १६ –प्रक्षेपण कै क्रममा विष्फोट भएको मानवसहितको अन्तरिक्षयानबारे अमेरिकाले अनुसन्धान सुरु गरेको छ । यान निर्माता भर्जिन ग्लाष्टिक अन्तरिक्ष केन्द्रले यानमा भएको खरावी पत्ता लगाउन अनुसन्धान शुरु गरेको जनाएको छ । क्यालिफोनिर्याको एक मरुभूमिमा परीक्षण उडानका क्रममा रहेको भर्जिन ग्लेष्टीक अन्तरिक्ष यान विष्फोट भएको छ । दुर्घटनामा एक पायलटको मृत्यु भएको थिए भने अर्का एक जना घाइते भएका थिए । भर्जिन ग्लाष्टिक अन्तरिक्षमा पर्यटक पठाउन अनुसन्धान गरिरहेको सस्था हो । उसले यसै वर्षको अन्तसम्म अन्तरिक्षमा पर्यटक पठाउने दाबी गर्दै आएको छ ।

Post a Comment

 
Top