कार्तिक १६ –बुर्किनाफासोको विपक्षी दल र नागरिक समाजले सैनिक हस्तक्षेपको बिरोधमा प्रदर्शन सुरु गरेका छन् । संसद भवनमा आगजनी पछि २७ वर्ष सत्तामा रहेका राष्ट्रपति ब्लेज कैम्पोरले राजिनामा दिएपछि त्यहाँको सेनाले सत्ता आफ्नो हातमा लिएको छ । जसको बिरोधमा हजरौं नागरिक सडकमा आएका छन् । राष्ट्रपतिको राजीनमापछि त्यहाँको सेनाका शिर्ष अधिकारीबीच मतभेद उत्पन्न भएकोछ । राष्ट्रपति नजिकका मानिने सेकेण्ड चिफ अफ कमाण्डर आईजेक जिडाले सत्ता आफ्नो हातमा आएको दावी गरेका छन् । यता सेना प्रमुख होनोरे ट्रोअरेले पनि सत्ता अब आफुले सम्हाल्ने घोषण्ण गर्नुभएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment