कार्तिक १६ –नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य पुन घटाउने तयारी गरेको छ । भारतीय वजारमा पेट्रोलियम पदार्थको मुल्य घटेपछि नेपालमा पनि घटाउने तयारी गरिएको निगमले जनाएको छ । भारतमा पेट्रोलमा प्रतिलिटर २ रुपैया ६० पैसा र डिजेलमा २ रुपैया ४१ पैसा मुल्य घटेको छ । प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्नेे निर्णय अनुरुप सन्चालक समितिबाट निर्णय गरेर मुल्य घटाउने तयारी भैरहेको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।

यसअघि निगमले गत कातिर्क २ गते पेट्रोलमा २ रुपैया ५९ पैसा र डिजेलमा प्रतिलिटर २ रुपैया ६ पैसा घटाएको थियो । मुल्य समायोजनअघि  निगमलाई पेट्रोलमा प्रतिलिटर १२ रुपैया ५९ पैसा र डिजेलमा ४ रुपैया ४१ पैसा नाफा छ । अन्तराष्ट्रिय वजारमा कच्चा तेलको मुल्यमा आएको भारि गिरावटका कारण मुल्य घटाएपछि पनि निगमलाई गत महिना २१ करोड रुपैया नाफा भएको थियो ।

Post a Comment

 
Top