जिल्लाको जङ्गल, जलाधार क्षेत्र, खनिज, जडीबुटी र अन्य प्राकृतिक तथा सांस्कृतिक सम्पदाको जगेर्ना गरी जनताको आर्थिक–सामाजिक रुपान्तरणमा सहयोग गर्न योजना तयार गरिएको बताइएको छ । जिल्लाको कुल क्षेत्रफलको ६३ प्रतिशत भूभागमध्ये ५५.९ प्रतिशत जङ्गल रहेको जाजरकोटको वन क्षेत्रलाई अतिक्रमण तथा विनाशबाट रोक्दै मानव बस्तीलाई व्यवस्थित गर्न गुरुयोजना तयार गर्न लागिएको जिल्ला वन कार्यालयका प्रमुख सूर्यकान्त मिश्रले जानकारी दिनुभयो ।

कार्तिक १६ –जाजरकोटमा वन संरक्षका लागि १५ वर्षे गुरुयोजनाको तयारी थालिएको  छ । जिल्लाको वन क्षेत्रलाई संरक्षण र व्यवस्थित गर्न १५ वर्षे गुरुयोजना तयार गर्न लागिएको हो । जिल्ला वन कार्यालय र बहुसरोकारवाला वन कार्यक्रमको सहकार्यमा जाजरकोट जिल्लाको वन क्षेत्र योजनाका नामले योजना सुरु हुन लागेको हो ।

Post a Comment

 
Top