कार्तिक १६ –सरकारले आगामी मङ्सिर १० र ११ गते राजधानीमा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलनको तयारी तिब्र रुपमा अगाडी बढाएको छ । प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा गठित राष्ट्रिय मूल समिति, उपप्रधानमन्त्री एवम् मन्त्रिपरिषद्का सदस्यहरूको संयोजकत्वमा गठन भएका विभिन्न समिति तथा उपसमितिले सम्मेलनलाई भव्य रुपमा सफल तुल्याउन आवश्यक काम गरिरहेका छन् ।
बाह्र वर्षअघि सम्पन्न एघारौँ शिखर सम्मेलन तथा केही महिनाअघि भएको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको अनुभवका आधारमा सुरक्षा व्यवस्था सुदृढ बनाउने तथा सार्कका राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरूले प्रयोग गर्ने गोली अभेद्य सवारी साधनको व्यवस्था मिलाइएको छ । शिखर सम्मेलनका लागि आवश्यक पर्ने अन्य सवारी साधनमध्ये २० वटा खरिद गरिने र अन्य सवारी साधन सरकारका विभिन्न निकायबाट लिइने तथा नपुग भाडामा लिएर सहज ढङ्गले सार्क सम्मेलन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढेको छ ।
व्यवस्थापिका–संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा सम्मेलन तयारी तथा समन्वय समितिका संयोजकसमेत रहनुभएका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले शिखर सम्मेलन तयारीसम्बन्धी सम्पूर्ण काम परराष्ट्र मन्त्रालयले प्रबन्ध एवम् सारभूत गरी दुई पाटोबाट गरिरहेको जानकारी दिनुभयो ।

Post a Comment