कार्तिक १६ –दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलनमा सदस्य मुलुकबीचको सहयोगलाई अझ सुदृढ तुल्याउन तीनवटा बेग्लाबेग्लै सम्झौता हुने भएका छन् । सार्क मुलुकलाई एकआपसमा सहज एवम् सरल रुपमा स्थलमार्गबाट जोड्न र आर्थिक गतिविधिमा बढोत्तरी सुनिश्चित गर्न रेल तथा सवारी साधन सम्झौताका साथै ऊर्जा सम्झौता हुन लागेको हो । सार्कका राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरूको उपस्थितिमा आठवटै सदस्य देशका परराष्ट्रमन्त्रीले ती सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम पनि तय भएको छ । ‘शान्ति र समृद्धिका लागि गहन सम्मीलन’ सम्मेलनको मूल विषय निर्धारण गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment