चैत २७– नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले चैत ३० गतेसम्म संविधानको विवादित विषयमा सहमति नभए प्रक्रियामा जाने बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उनले सहमति भएका विषयमा सहमति र सहमति नभएका विषयलाई थाँती राखेर अगाडि बढ्ने धारणा प्रकट गरे । उनले संविधान निर्माणको विषयमा गम्भीर भएर संविधानसभाका सम्पूर्ण दल लाग्नुपर्ने आवश्यकता औँल्याए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment