काठमाडौं, जेष्ठ २८ । इराकको हिंसा नियन्त्रणका लागि अमेरिकाले इराकमा आफ्ना थप सेना पठाउने निर्णय गरेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालयले ४ सय ५० अतिरिक्त सेना इराक पठाउने निर्णय गरेको जनाएको छ । इराकी प्रधानमन्त्री हैदर अल अबादीको आग्रहमा अमेरिकाले यस्तो निर्णय लिएको हो ।

इराकमा तैनाथ गरिने अमेरिकी अतिरिक्त सेनाले इराकी सेनालाई प्रशिक्षण दिने जनाइएको छ । ‘आइएस’ले गत मे महिनामा इराकको सबैभन्दा ठूलो सहर तदमुर कब्जा गरिसकेको छन् ।

सो सहर कब्जा गर्नेक्रममा इराकी सेना र आइएस कार्यकर्ताबीच भीषण संघर्ष भएको थियो । जसमा दुबैतर्फ थुप्रै घाइते भएका छन् । (एजेन्सी)

Post a Comment

 
Top