कात्तिक पोखरा, कास्की १६ । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको आयोजनामा संस्थामा नयाँ नियुक्त ५६ जना कर्मचारीहरुका लागि ५ दिने सेवा प्रवेश पूर्व सैद्धान्तिक तालिम नगर प्रशिक्षण केन्द्र, पोखरामा शनिबार सम्पन्न भयो ।

समापन समारोहमा  वोल्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि एवम् पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पोखराका क्षेत्रीय प्रशासक दिनेश कुमार थपालियाले  सरकारले जनताको सवै आवश्यकता पुरा गर्न नसक्ने हुँदा विपन्न वर्गको आर्थिक सामाजिक स्थितीमा सुधार ल्याउनको लागि लघु वित्तीय संस्थाको भुमिका महत्वपुर्ण रहेको वताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णा बहादुर राउतले लघु वित्तले विपन्न परिवारलाई आर्थिक सामाजिक शसक्तिकरणमा भुमिका खेलेको वताउदै लघु वित्तको दीगो सञ्चालमा शिक्षा, स्वास्थ्य जस्ता विषयवस्तुलाई एकिकृत गरी अगाढी वढन सकेमा विपन्न वर्ग थप लाभान्वित हुने वताउनु भयो । कार्यक्रममा नव प्रशिक्षार्थी कर्मचारीहरुलाई सपथ ग्रहण गराउँदै संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले लघु वित्त संस्थाहरुले विपन्न, महिला तथा सामाजिक रुपमा वन्चितीमा परेका वर्गको आर्थिक तथा सामाजिक शसक्तिकरणमा टेवा पु¥याएको वताउदै  दिनदुखीहरुको सेवाको लागि कर्मचारीहरु लगनशिल भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेपाल राष्ट्र बैक पोखराका उपनिर्देशक दुर्गा बहादुर शाह,नेपाली काग्रे्रस कास्कीका पूर्वसभापति सोभियत बहादुर अधिकारी,बह्रमाकुमारी ईश्वरीय विश्व विद्यालय पोखराका सञ्चालक सुधा दिदी र सहभागीहरुको तर्फबाट सुनिता बोगटी,निर्मल अधिकारी लगायतले बोल्नुभएको थियो । यसैविच  १९ वर्ष पहिले पर्वत जिल्लामा नेष्डो नेपालको संस्थापनाको क्रममा संस्थालाई सुझाव,सल्लाह र प्राविधिक सहयोग गरेको भन्दै कुशल प्रशासक एवम अनुकरणीय सामाजिक व्यक्तित्वको रुपमा पश्चिभाञ्चल क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियालाई संस्थाको तर्फबाट स्वागत एवम् सम्मान गरिएको थियो भने तालिमका सहभागिहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रम संस्थाका संस्थापक एवम् कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईको अध्यक्षता,प्रशासन तथा वित्त प्रमुख सावित्री खत्री क्षेत्री र प्रशासकिय अधिकृत इन्द्र खत्री क्षेत्रीको प्रतिज्ञा,लघुवित्त सेवा विभाग प्रमुख विश्व वन्धु प्रसाईको स्वागत एवम् सुचना व्यवस्थापन अधिकृत ओम्ना क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top