गोरखा पनि बैदेशिक रोजगारीमा निर्भर रहेको प्रमुख जिल्ला अधिकारी खरेलको भनाई । नेपाली यूवाहरुले विदेशबाट कमाएर पठाएको रेमिटेन्सले नेपालको अर्थतन्त्र धानिरहेको अवस्थामा गोरखामा पनि १६ बर्ष उमेर पुगेर नेपाली नागरिकता बनाउने भन्दा मेसिन रिडेबल पासपोर्ट (एमरापी) बनाउनेको संख्या धेरै छ । गत आर्थिक बर्ष २०७०÷०७१ को तथ्याङ्कलाई हेर्दा नेपाली नागरिकता बनाउने भन्दा एमरापी बनाउनेको संख्या करिव ४ हजार बढि देखिन्छ । गत आर्थिक बर्षमा ९ हजार गोर्खालीले नेपाली नागरिकता लिएका थिए भने करिव १३ हजारले विभिन्न प्रयोजनका लागि एमरापी बनाएका जिल्ला प्रशाशन कार्यालय गोरखाको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक बर्षमा पनि एमरापी बनाउनेको संख्या उल्लेख्य रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले बताउनुभएको छ ।
गोरखा पनि अन्य जिल्लाहरुजस्तै बैदेशिक रोजगारीमा निर्भर रहेको खरेलको भनाई छ ।

Post a Comment

 
Top