गोरखा नगरपालिका ९ स्थित छेवेटारमा निर्माणाधिन शहरी स्वास्थ्य भवनको निर्माण प्रक्रिया, आर्थिक पारदर्शिताका बारेमा सर्वसाधरणलाई सु–सुचित गराउने उद्देश्यले काहुराष्ट्र गोरखाले आज सार्वजनिक सुनुवाई गरेको छ ।
१२ कोठे भवन निर्माण गर्ने योजना अनुरुप अहिले ६ कोठे भवन निर्माण भएको छ । ६ कोठे भवन निर्माणका लागि २४ लाख ५ सय ५२ रुपैया खर्च भएको भवन निर्माण समितिको सचिव शोभा अर्यालले बताउनुभयो । १२ कोठे भवन निर्माण गर्न करिब ४५ लाख रकम लाग्ने बताईएको छ ।
सार्वजनिक कार्यक्रममा उपस्थित स्थानियहरुले भवन निर्माणमा आर्थिक पारदर्शिता नभएको, गुणस्तरहिन भवन निर्माण गरिएको गुनासो गरेका छन् । शुरुमा भवन निर्माणको जिम्मा स्थानिय भवन निर्माण समितिलाई दिएतापनि पछि नगरपालिकाले टेण्डर आह्वान गरी ठेकेदार मार्फत स्वास्थ्य भवन निर्माण गराउदा गुणस्तरहिन भवन निर्माण भएकोले १ महिना नपुग्दै ठाँउ ठाँउमा चर्किएको स्थानियहरुले आरोप लागाएका छन् । ठेकेदारले राम्रो काम नगरेको र नगरापलिकाको लापरबाहिको कारण स्वास्थ्य भवन गुणस्तरहिन बनेको स्थानियहरुको भनाई छ । स्वास्थ्य भवन अपाङ्गमेत्री नभएको एक स्थानियले बताए । भवन निर्माण समितिबाट नगरपालिकाले काठको नक्कली विल बनाउन लगाई नगद भुक्तानी गरेको र रकम पारदर्शि नभएको सामुदायिक वनका सचिव ऋषि राज सिलवालले गुनासो गरेका छन् ।
नगरपालिकाका सव–इन्जिनियर निशान पाठकले गुनासोहरुको संवोधन गर्दै ठेकेदारले भवनको प्लाष्टरमा लापरवाहि गरेकाले ठेकेदारले नै फेरी प्लाष्टर गरिदिने बताएका छन् ।
भवन निर्माण समितिमा महिला मात्र आवद्ध भएकाले स्थानिय केही पुरुषहरुले भवन निर्माणमा साथ नदिएको भवन निर्माण समितिको अध्यक्ष जिता कुमालले बताइन् ।
शहरी स्वास्थ्य इन्चार्ज राममाया लामाले शहरी स्वास्थ्य भवन निर्माण भएपछि प्रसुति केन्द्र पनि सञ्चालन गरिने बताएकी छन् ।
मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान काहुराष्ट्र गोरखाले नागरिक सचेतनाको लागि जनसरोकारका विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेको छ । यस अघि संस्थाले खोप्लाङ, घ्याल्चोक, फिनाम गाविस र नगरपालिकाको केही वडाहरुमा जनसरोकारका विविध विषयमा अनुगमन गरेको थियो ।
सार्वजनिक सुनुवाई कार्याक्रममा काहुराष्ट्र कार्यक्रम आयोजना समितिका संयोजक गुण प्रसाद न्यौपानेको सभापतित्व र नगरपालिकाका सव–इन्जिनियर निशान पाठकको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा काहुराष्ट्रका सदस्य बाबुराम विकले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Post a Comment