गोरखा सदरमुकाममा केही दिन यता शृङ्खलाबद्ध रुपमा चोरीका घटनाहरु बढिरहेका छन् । गए राति भएको चोरीको घटना पार लगाउन नपाउदै अर्को स्थानमा चोरी भएको छ
गोरखा नगरपालिका ३ पेट्रोल पम्प नजिकैको एक घरमा आज दिनदाहाडै चोरी भएको छ । स्थानिय राम हरी के.सीको घर चोरी भएको प्रहरीले जनाएको छ । घरको ताल्चा फोडी अज्ञात समुहले घरमा रहेको १० हजार नगत सहित केही सुनको गरगहना चोरी भएको छ ।
यस्तैगरी, हरमटारी मा रहेको नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखाको भवनमा गए राति चोरी भएको हो । बाढि पहिरो प्रभावितहरुका लागि संकलन गरेको १६ हजार भन्दा बढि नगत र १८ हजार मुल्य बराबरको एक थान सोनी क्यामेरा चोरी भएको कार्यालयले जनाएको छ । अज्ञात समुहले कार्यालयको मुल ढोकाको ताल्चा फोडेका छन् । कार्यालयको अन्य ७ वटा ढोकाको ताल्चा फोडेको र ३ वटा दराज पनि फुटाएको कार्यालयले जनाएको छ ।
चाईनिच धारामा रहेको एमाले पार्टि कार्यालयमा पनि केही दिन पहिले चोरी भएको थियो । केही समय पहिले गोरखा नगरपालिका ६ स्थित भुपू सैनिक विद्यालयमा पनि चोरी भएको थियो । यसैगरी शक्ति चोकमा रहेका केही कस्मेटिक पसलहरुमा पनि केही समय पहिले चोरी भएको थियो ।
गोरखाका प्रहरी नायव उपरिक्षक रमेश थापाले दशै तिहार जस्तो महत्वपूर्ण चाडपर्वको अवसर पारेर चारी तथा लुटपाट गर्ने गिरोह सक्रिय भएको बताउनुभएको छ । चोरीमा संलग्न व्यक्तिहरुको छिट्टै खोजी गरी कानुनी कारवही गरिने थापाले बताउनुभयो । चोरीमा संलग्न गिरोहको खोजीका लागि आफुहरुले सवै खाले उपायहरु अपनाईएको थापाले जनाउनुभएको छ ।

Post a Comment