गुल्मी, भदौं २१ – हिजो दिउँसो गुल्मीको जैसीथोकमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तम्घासबाट सिर्सेनी तर्फ जाँदै गरेको लु १ ज १७३३ नम्वरको जिप जैसीथोक–८ स्थित सिमाहघाट पुल माथी घुम्तीमा दुर्घटना हुँदा वाग्ला–८ की ५० वर्षिया कुमारी परियारको उपचारका क्रममा मृत्यु भएको हो ।
उनको लुम्विनी मेडिकल कलेज प्रवास पाल्पामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेन्द्र नेपालले जानकारी दिए । कुल १० जना घाईते मध्ये ९ जनालाई तम्घास अस्पतालबाट पाल्पा रिफर गरिएको नेपालले बताए ।
घाईतेहरुमा वाँझकटेरी २ वस्ने २६ वर्षिया पार्वता भुसाल र निजकी साढे दुई वर्षकी छोरी गिता , सिर्सेनी–८ की १९ वर्षिया रेश्मी कुँवर, वाँझकटेरी–२ का ५ वर्षिय कमल भुसाल, धुर्कोट रजस्थल–६ की २८ वर्षिया सिता केसी , सोही स्थानकी १८ वर्षिया शर्मिला केसी, सिर्सेनी–३ की २४ वर्षिया शारदा केसी, सोही स्थानकी ६३ वर्षिया कमला बिक, रेसुङ्गा नगरपालिका २ की ईस्वरी बिक रहेको प्रहरीले जनाएको छ । ,
जिप चालक सिर्सेनी–८ निवासी मधु भन्ने माधव कुँवरलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक हिमालयकुमार श्रेष्ठले बताए । छतमा समेत मानिसहरु कोचाकोच राखेको र उकालोमा बे्रक फेल भई दुर्घटना भएको जनाईएको छ । छतमा रहेका धेरै मानिसहरु हाम्फालेर घाईते हुनबाट बाँचेको बताईएको छ । साभार रातोपाटी
 

Post a Comment

 
Top