मायामी, भदौ २१ – आफ्नै देशमा भएको विश्वकपबाट लज्जास्पद पराजयसँगै बाहिरिएको ब्राजिलले नयाँ प्रशिक्षक र कप्तानको नेतृत्वमा जीत हासिल गरेको छ । शनिबार बिहान मायामीमा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले कोलम्बियालाई १–० गोलले पराजित गरेको हो । संयोगवस, पछिल्लोपल्ट ब्राजिलले कोलम्बियाविरुद्ध नै जित दर्ता गरेको थियो । त्यसपछि विश्वकपको सेमिफाइनलमा जमर्नी र तेस्रो स्थानका लागि नेदरल्याण्डसँग पराजित भएको थियो । आजको जितमा नयाँ कप्तान नेयमार नै नायक साबित भए । खेलको ८३ औं मिनेटमा फ्रिकिकबाट उनले गरेको उत्कृष्ट गोल नै निर्णायक बन्न पुग्यो । यसअघि खेलको ४९ औं मिनेटमा हुवान गुलिमेरो क्वाड्राडोले रातो कार्ड खाएपछि कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो ।
विश्वकपको पराजयसँगै प्रशिक्षक लुइस फिलिपे स्कोलारीले राजीनामा दिइसकेका छन् । उनको स्थानमा ५० वर्षीय डुंगा ब्राजिलको नयाँ प्रशिक्षक नियुक्त भएका छन् । उनले सन् २००६ देखि २०१० सम्म ब्राजिलको प्रशिक्षकको भूमिका निभाइसकेका छन् । आजको खेलमा उनले धेरै परिवर्तनहरु गरेका थिए । साभार रातोपाटी

Post a Comment