काठमाडौँ, भदौ २०–संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले माघ ८ गतेभित्र संविधान जारी गर्ने कार्यतालिका हेरफेर नहुने गरी भोलिसम्मको कार्यतालिकामा सहमतिका माध्यमबाट केही हेरफेर गर्न आवश्यक भएको बताएका छन् ।
द्यबदगचबm(द्यजबततबचबष्समितिले संविधानमा रहने मुख्य अन्तरवस्तु राज्यको पुनःसंरचना र शासकीय पद्धतिका बारेमा सहमति कायम गर्न अथकरुपमा अहोरात्र काम गरिरहेको र सहमतिमा पुग्न केही समय आवश्यक भए
काले कार्यतालिका हेरफेर गर्न जरुरी भएको उनको भनाई छ ।
दिनभर समितिले मुख्य रुपमा संविधानमा रहने मुख्य विषयवस्तु राज्यको पुनःसंरचना, शासकीय पद्धति, न्याय प्रणाली र निर्वाचन प्रणालीका बारेमा दलहरुबीच सहमति जुटाउन छलफल गरेपछि शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा सभापति डा भट्टराईले यस्तो बताएका हुन् ।
उनले भने– माघ ८ गतेको संविधान जारी गर्ने मुल मितिमा हेरफेर नहुने गरी कार्यतालिकामा केही हेरफेर गर्न आवश्यक छ ।”
कार्यतालिका हेरफेरका लागि दलहरु बीचमा भोलि संवाद हुने जानकारी दिए । न्याय प्रणाली र निर्वाचन प्रणालीका बारेमा उपसमितिमा सहमति भइसकेको जानकारी दिँदै सभापति डा भट्टराईले दलहरु बीच राज्यको पुनःसंरचना, शासकीय पद्धतिमा पनि सहमतिको नजिक पुगेको उल्लेख गरे ।
कार्यतालिकाअनुरुप समितिले भोलिसम्ममा संविधानका सवै विषयका सहमतिका प्रतिवेदन र असहमतिका प्रतिवेदन तयार पारि सभामुख समक्ष पेस गर्नुपर्ने कार्यतालिका रहेको छ ।
सभापति डा भट्टराईले संविधानसभा बाहिरका नेकपा–माओवादीलगायत ३३ दलसँग राष्ट्रिय राजनीतिक सम्मेलन गर्न सहमति भएको सन्दर्भ उल्लेख गर्दै अहिले नै सबै विषयमा संविधानसभाभित्रका दलहरु बीचमा सहमतिभए त्यो सम्मेलनको के सार्थकता हुने बताए ।
Post a Comment