काठमाडौं, भदौ २० – राप्रपा नेपालले संवैधानिक तथा राजनीतिक संवादमा लिखित असहमति दार्ता गर्दै धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रवारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रहको गर्न माग गरेको छ । पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीले शुक्रबार समितिमा लिखित असहमति दर्ता गराएका हुन् ।
िविज्ञप्तिमा राप्रपा नेपालले सर्वधर्म समभाव तथा पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र र संबैधानिक राजसंस्थाको पक्षमा रहेको र पार्टी संघियताको बिपक्षमा रहेको उल्लेख गरेको छ । संबधिान निर्माणको दिन नजिक आईपुगि रहेको अवस्थामा पनि पार्टीको बिचारलाई स्थान दिने वारे कुनै पहलकदमी नभएको प्रति राप्रपा नेपालले दुःख पनि प्रकट गरेको छ ।
विज्ञप्तिमा लेखिएको छ, पार्टीको धारणा प्रति निषेधको मानसिकताको कायम रहेको सन्दर्भमा धर्मनिरपेक्षता, संघियता र गणतन्त्र एवं ति बिषयहरुसंग सम्बन्धित सबै प्रावधानमा राप्रपा नेपालको असहमति रहेको व्योहरा संबिधानसभा नियमावलि अनुरुप औपचारिक रुपमा जानकारि गराउँद छु । त्यसर्थ, राप्रपा नेपालले औपचारिक रुपमा असहमति जनाई सकेको अवस्थामा संबिधानसभा नियमावली अनुरुप विधि र प्रक्रिया अबलम्बन गरि यस बिषयको निराकरण गरियोस् तथा संबिधान र नियमावलीमा भएको प्रावधान अनुसार धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र वारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रह गरियोस भन्ने माग राप्रपा नेपालको तर्फबाट औपचारिक रुपमा निवेदन गर्दछु ।
Post a Comment