गोरखा, १४ असोज ः दौड जितेर राजा हुने प्रचलनलाई संरक्षण गर्नका लागि आयोजित पाचौ लिगलिगे दौड प्रतियोगितामा यो वर्ष पर्वत जिल्ला थापाठाना गाविसका अनिस थापा मगर दौड जितेर लिगलिगे राजाको उपाधी हात पारेका छन् । तेह्र दशमलव पाँच किलोमिटर दुरी ५६ मिनेट ४३ सेकेण्डमा पार गरी उनी प्रथम भएका हुन् । उनी भारतीय सेनामा काम गर्छन् । दौड जितेसँगै थापाले पचास हजार नगद सहित श्रीपेच पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा नेपाल प्रहरीका भुमीराज राई दोश्रो, राजन खत्री तेश्रो, बेदबहादुर सुनार चौंथो र शंकरमान थापा पाँचौं भए । उनीहरुले क्रमश ५९ मिनेट २ सेकेण्ड, ६० मिनेट ४ सेकेण्ड, ६१ मिनेट १९ सेकेण्ड र ६३ मिनेटमा दौड पुरा गरेका थिए । दोश्रो भएका राईले २५ हजार २ सय ५, तेश्रो भएका खत्रीले १० हजार १ सय १, चौंथो भएका सुनारले ५ हजार र पाँचौं भएका थापाले ३ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र मेडल पुरस्कार पाए । खुल्ला पुरुषतर्फ १ सय ७ जनाले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा महिला खुल्लातर्फ धादिङकी सन्तोषी श्रेष्ठ पहिलो भएकी छिन् । उनले निर्धारित ५ किलोमिटर दौड ४० मिनेट ३५ सेकेण्डमा पार गरी नगद १० हजार, मेडल र प्रमाण पत्र पाईन् । दोश्रो भएकी विन्ध्येश्वरी सैनिक माबि काठमाडौंकी संगिता खड्काले ४४ मिनेट ५० सेकेण्डमा दौड पुरा गरी ५ हजार पुरस्कार प्राप्त गरेकी छन् ।
तेश्रो भएकी गोरखाकी असिमा श्रेष्ठले ५० मिनेट ७ सेकेण्ड दौड पूरा गरी ३ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र पाईन् । स्थानीय वीचको दौडमा सन्दीप शाही प्रथम, दिपक सुनुवार द्धितिय र सन्तोष गिरी तृतीय भएका छन् । प्रतियोगितामा १९ जनाको सहभागिता थियो । विजयी भएका सबैलाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पुरस्कृत गर्नुभएको थियो । चेपेघाटबाट सुरु भएको दौड ढिकीडाँडा, ठाँटीपोखरी, पानीट्याङ्की, छापथोक, बड्डाँडा, साउनेपानी, बोहरागाउँ, दर्खेपानी, खाल्टेपानी, सैवल, चण्डीथान मन्दिर, राईगाउँ, विजुली डाँडा, खोल्ली चौतारा हुँदै लिगलिगकोट पुगेर अन्त भएको थियो । दौड प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गरेका थिए । बाइसे र चौबिसे राज्य हुँदा चेपेघाटबाट दौडेर जो पहिला लिगलिग कोट पुग्थ्यो उही १ बर्षका लागि राजा हुने प्रचलनलाई जिवित राख्न प्रतियोगिता आयोजना गर्दै आएको समितिले जनाएको छ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुले आफ्ना प्रस्तुती देखाएका थिए । लिगलिगकोट विकास अभियानका अध्यक्ष अनिल थापा मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Post a Comment