काठमाण्डौ, असोज १४ –संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले आफूले अघि सारेको राज्यपुनसंरचनाबारेको सहमतिको प्रस्ताव फिर्ता लिनुभएको छ । प्रमुख तीन दलको आज विहान बसेको बैठकमा कांग्रेस र एमालेका नेताहरुले आपति जनाएपछि भट्टराईले प्रस्ताव फिर्ता लिने सहमति भएको हो । सिंहदवारमा आयोजित नियमित पत्रकार भेटघाटमा भट्टराईले सम्वाद समितिमा राखेको प्रस्ताव सन्दर्भ सामग्री मात्र भएको बताउनुभयो । भट्टराईले सम्वाद समितिको हिजोको बैठकमा मधेसमा दुईसहित ८, ९ वा १० प्रदेशको विकल्प अघि सार्नुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment