काठमाण्डौ, असोज १४ –नेकपा एमालेका अध्यक्ष केपी ओलीले लोकतन्त्रको संस्थागत विकास बिना मुलुकमा शान्ति स्थापना हुन नसक्ने बताउनुभएको छ । झापाको विर्तामोडमा नेपाल बुद्धिजीवी परिषद्द्वारा प्रकाशित ‘आरोहण’ पुस्तकको आज लोकार्पण गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । शान्तिको पहिलो जग लोकतन्त्र भएको बताउँदै अध्यक्ष ओलीले सङ्कीर्ण सोच त्यागेर मुलुक निर्माणमा अग्रसर हुन बुद्धिजीवीहरुलाई आग्रह गर्नुभयो ।
जनताको बहुदलीय जनवाद सामाजिक परिवर्तनको पक्षमा रहेको चर्चा गर्दै एमाले संसदीय दलका नेतासमेत रहनुभएका ओलीले जबजको पक्षमा अब सशक्त आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय निकायको निर्वाचन चाँडै हुने र त्यसमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिँदै नेता ओलीले अबको निर्वाचनबाट एमाले बहुमतसहित देशकै ठूलो पार्टी बन्ने दाबी गर्नुभयो । नेता माधव नेपालले एमाओवादी र मधेसवादी दलले संविधान निर्माणमा अवरोध गरेको आरोप लगाउनुभएको छ । प्रतिपक्षमा रहेको माओवादी र अन्य मधेसवादी दलले पटकपटक संसद अवरुद्ध गरेर संविधान निर्माण प्रक्रिया तथा सरकारका अन्य गतिविधिमै प्रभाव पारेको आरोप उहाँले लगाउनुभयो । रौतहटको गौरमा, आफ्नै निवासमा सञ्चारकर्मीसग कुराकानी गर्दै उहाँले पहिलो सविधान सभामा पनि अवरोध र विरोधकै कारण सविधान जारी हुन नसकेको स्मरण गर्दै अहिले पनि एमाओवादीले नचाहिदो किचलो गरेर संसद अवरुद्ध पारेको आरोप लगाउनुभयो ।

Post a Comment