गोरखा, असोज १५ – गोरखामा एक महिलाले बुहारीसँगको झगडाका कारण आफ्नै घरमा आगो लगाएकी छन् । गोरखा नगरपालिका–७ थाकलडाँडाकी नीरमाया थापाले आफ्नै घरमा आगो लगाएकी हुन् । दसैँ मनाउने विषयमा बुहारी जौमाया थापासँग विवाद भएपछि नीरमायाले घरमा आगो लगाएकी हुन् । आगलागीबाट घरको बार्दली जलेर नष्ट भएको प्रहरीले बताएको छ । सशस्त्र र जनपद प्रहरीले समयमै आगो नियन्त्रण गर्न सकेकाले लत्ताकपडा, खाद्यान्न लगायतका सामग्री भने जोगिएको छ । आगलागीबाट करीब ३० हजार रुपैयाँ बराबरका धनमाल नष्ट भएको प्रहरी नायव निरिक्षक प्रवीण आचार्यले बताउनुभयो । आगो लगाउने नीरमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment