कात्र्तिक १ –सरकारले गत साउन १७ गते सिन्धुपाल्चोकको राम्चे र माङ्खा गाविसको सिमानाको गएको पहिरोमा परी घरवारविहीन भएकाको अझै पुनर्वास प्रक्रिया शुरु गरेको छैन । सबै धन सम्पत्ति गुमाएर अस्थायी छाप्रोमा गुजारा चलाउन बाध्य पीडितहरू सरकारले हालसम्म पनि पुनर्वास प्रक्रिया अघि नबढाएकोमा आक्रोसित बन्न थालेका छन् । त्रिपाल र म्याग्नेसाइटको कोलोनीमा बसेका पीडितहरू स्थायी बसोवासको व्यवस्था हुन नसक्दा नियमित काममा समेत फर्कन नसकेको पीडित काले तामाङले बताउनुभयोे । सरकारले पीडितलाई दसैँअघि नै पुनर्वास गराउने आश्वासन दिएको थियो ।पछिल्लो तथ्याङ्कअनुसार ४ सय ४ परिवारका एक हजार ८ सय ९० जना विस्थापित भएका छन् । अहिले ४३ परिवार लामोसाँघुस्थित उद्योगमा आश्रित छन् भने स्थानीय इटनी गाउँका १६ परिवार पाल टागेर रात बिताइरहेका छन् ।  पीडितका अनुसार अहिले उनीहरूलाई चिसो बढेसँगै रुघाखोकी, निमोनिया तथा दमको समस्या देखिन थालेको छ । स्थानीय प्रशासनद्वारा गठित प्राविधिक समितिले सरकारलाई बुझाएको प्रतिवेदनअनुसार भएको जमिन र घरसमेत बगाउँदा पुनःस्थापना गर्नुपर्ने परिवारको सङ्ख्या १ सय ८ छ ।

Post a Comment

 
Top