कात्र्तिक १ –प्रहरीले चरेस कारोबारका मुख्य नाइके भन्दै एक जनालाई नियन्त्रणमा लिएको छ । क्षेत्रीय अनुसन्धान समुहका प्रहरी टोलीले चरेस बितरकको आरोपमा सप्तरी जिल्ला शम्भूनाथ नगरपालिका ८ कठौना बस्ने वर्ष ३५ अब्दुल मिया भनिने मोहमद अब्दुल हकलाई उनकै घरबाट गएराती पक्राउ गरेको जनाएको छ । गत असोज २९ गते मोरङबाट लागुऔषध चरेससहित पक्राउ परेका नविन कुमार चौधरी र उमेश कुमार सरदारको बयानको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी पूर्व क्षेत्रमा लागुऔषध चरेस ओसारपसार गर्ने मुख्य नाइके भएको प्रहरीको दाबी छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment