काठमाण्डौ, कात्र्तिक १ –संबिधानका बिबाद समाधानको पहलमा प्रमख तीन दलको बैठक आज पनि बस्दै छ । केहिबेरपछि सिंहदरबारमा बस्ने बैठकमा संबिधान निमार्णमा सहमती जुट्न नसकेका प्रमुख विषय राज्य पुर्नसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणाली लगायत विषयमा छलफल हुने छ । आपसि अडान नछाड्दा दलहरुले निरन्तर गरिरहेका छलफल निष्कर्ष बिहिन हुने गरेका छन् ।
संबिधानका बिबादीत विषयमा सहमती जुटाउने जिम्बेवारी पाएको सम्बाद समितिले दोस्रो पटक पाएको समय हिजो सकिएको भएपनि दलहरुले छलफललाई निरन्तरता दिएका हुन् । समितिले हिजो सबिधानसभा अध्यक्ष सुवास नेम्वाङलाई अपुरो प्रतिबेदन बुझाएकोले त्यसमा छलफल गर्न भोली संबिधानसभाको बैठक बस्दै छ । संबिधानसभामा छलफल पश्चात सो प्रतिबेदन सहमतीको लागि सम्बाद समितिमा पठाउन कार्यतालिका संसोधन गरेर म्याद थप्ने तयारी भैरहेको छ ।

Post a Comment

 
Top