काठमाण्डौ, कात्र्तिक १ –पहिलो संबिधान सभाबाट संबिधान जारी नभई बिघटन भएपछि एक वर्ष भित्र संबिधान जारी गर्ने प्रबिद्धता सहित निर्वाचनमा होमिका दलहरु फेरी प्रतिबद्धता पुरा गर्न असफल हुने देखिएको छ । गत वर्ष माघ ८ मा दोस्रो संबिधान सभाको पहिलो बैठक बसेको मिति अनुसार १ वर्षभित्र आगामी माघ ८ मा संबिधान जारी गर्ने प्रतिबद्धता दलहरुले जनाएका थिए । सोहि अनुरुप संबिधानसभा सचिवालयले संबिधान निमार्णको कार्यतालिका तयार गरेको थियो ।

कार्यतालिका अनुसार हिजो सम्म बिबादीत विषयमा सहमति जुटाएर संविधानका मस्यौदा तयार गरि आजबाट मस्यौदासहित जनतामाझ जाने कार्यतालिका थियो । तर दलहरुको आपसि अडानको कारण संबिधानसभा अन्र्तगतको संबैधानिक राजनीतिक तथा सहमती समितिले अझै मुख्य बिबादीत विषयमा सहमती जुटाउन सकेको छैन । दास्रो पटक थप गरिएको समयमा पनि नत सहमती जुट्यो नत प्रश्नावली नै बन्न सक्यो । समितिको अपुरो प्रतिबेदन पाएको संबिधानसभाले फेरी म्याद थप्ने तयारी थालेको छ । 

सम्बाद समितिको भदौ २१ सम्मको म्याद पहिलो पटक थप गर्दै असोज २१ र दोस्रो पटक थपेर असोज मशान्त सम्म पुर्याइएको थियो । सम्बाद समतिले सहमती जुटाएर पुर्ण प्रतिबेदन नबुझाउदा मस्यौदा समिति पनि काम बिहिन भएको छ ।

Post a Comment

 
Top