गोरखा, मंसिर १५ –एचआईभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पुर्याऔं भन्ने नाराका साथ हिजो गोरखामा पनि विश्व एचआईभी दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।  गोरखाको हरमटारी चोकबाट सुरु भएको ¥याली गोरखाको बिभिन्न ठाउँहरु परिक्रमा गर्दै गोरखा अस्पतालमा पुगी सभामा परिणत भएको थियो ।

कार्यक्रममा गोरखा प्राबिधिक प्रसिक्षण केन्द्रका बिद्यार्थीहरु, जिल्ला एड्स समन्यय समितिका सदस्यहरु, पाटन स्वास्थ्य प्रतिष्ठान केन्द्रका बिद्यार्थीहरु, नगरपालिकाको महिला स्वास्थ्य स्वयम स्वायमसेबिकाहरुको सहभागिता रहेको थियो । स्थानिय बिकास अधिकारी प्रेम राज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जन स्वास्थ्य कार्यलयका प्रमुख महेन्द्र धोज अधिकारीले बास्तबिक रोगीका डाटा दिनुका साथै एच.आई. भि को बारेमा जानकनारी दिनु भएको थियो । 
नेपालमा अनुमानित रोगीको सङ्ख्या करिब ४०७२३ रहेको अनुमान गरे पनि हाल सम्म एच.आई.भि. पोजेटिभका रोगीहरु भने २५२२२ जना भएको पुष्टि भएको छ । गोरखामा भने असार मसान्त सम्ममा १५३ जना  भए पनि ए.आर.टि सेवा भने ९८ जनाले  लिई रहेको पनि जानकारी दिनु भयो । एच.आई.भि. एड्स सबन्धि जाचँ तथा परिक्षणका लागि गोरखा अस्पताल, आँपपिपल अस्पताल, आरुघाट स्वास्थ्य उपचार केन्द्र, र जौवारी प्राथमिक उपचार केन्द्र गरी ४ ठाँउबाट परिक्षण सेवा सन्चालन भएको छ भने ए.आर.टि सेवा भने गोरखा अस्पतालले मात्र दिई रहेको छ । कार्यक्रममा पत्रकार महासंघ गोरखका अध्यक्ष भिमलाल श्रेष्ठ लगायत विभन्न व्यक्तिहरुले मन्तब्य राखेका थिए ।

Post a Comment

 
Top