दीया मास्के पहिले राम्रो नर्तकीका रुपमा परिचित थिइन् । तर एक दशकअघि उनी स्वर्गीय आलोक नेम्वाङको क्याम्पमा छिरेदेखि अभिनेत्रीका रुपमा समेत चिनिन थालिन् । त्यसक्रममा उनले दर्जनौं म्यूजिक भिडियोहरुमा अभिनय गरिन् । त्यतिले मात्र दीयाको चित्त बुझेन,त्यसैले उनी चलचित्र र नाटककमा पनि जम्न थालिन् । नाटकमा उनलाई ल्याउँने उनका गुरु थिए अनुप बराल । अहिले उनै अनुप बरालसँग सुखद वैवाहिक जीवन विताइरहेकी दीयाले हालै एक राष्ट्रिय दैनिक पत्रिकाका लागि सेक्स,माया र विवाहका बारे आफ्नो अनुभूति बाँडेकी छिन् । प्रस्तुत छ दीयाको सोही अनुभूति :
लामो समयदेखि अनुप सरसँग काम गरिरहेकी थिएँ । उहाँ र ममा शिक्षक र बिद्यार्थीको सम्बन्ध थियो । जबसम्म सिक्ने र सिकाउने चीज रहन्छ तबसम्म सम्बन्ध टिकिरहन्छ । माया त हरेक सम्बन्धमा हुन्छ नै । म उहाँलाई त्यत्तिकै सम्मान पनि गर्छु ।
कामको सिलसिलामा सँगै हुन्थ्यौ, त्यसैले माया बढदै गयो । विवाह गर्ने निर्णयमा पुग्यौं । विवाहपछि पोखरा गायौँ । हाम्रो घर नै पोखरा भएकाले त्यसलाई हनिमुन भन्न मिलेन । हामी हनिमुन गएनौं पनि । पोखरामा हुँदा घरबाहिर घुम्न निस्कियौं । हामी हात समाएर,अँगालो हालेर कहिल्यै हिँडेका छैनौ ।
बिवाहको समयमा पनि मलाई त अभिनय गरिरहेको जस्तो भयो । हाँसो उठिरहेको थियो । जग्गेमा पनि खित्खित् हाँसिरहेकी थिएँ । अनुप सर बेहुला भएर आएको देख्दा चाहि अलि लाज लाग्यो । उहाँसंग लामो समयदेखि सँगै भएकाले असहज अनुभव चाहिं भएन । शारीरिक सम्बन्धले माया झन गहिरो हुदै गयो । यो सम्बन्ध महत्वपूर्ण कुरा हो तर सबै थोक चाहि होईन ।
यस्तो सम्बन्धले म पूर्ण रुपमा यही ब्यक्तिको भएँ भन्ने अनुभव पनि गराउँदो रहेछ । अब केहि बाँकी छैन, नितान्त उसको भएँ भन्ने लाग्दो रहेछ । सुरुमा मनमा भएका कतिपय कुरा भन्न सजिलो बनाई दियो ।१० वर्ष अगाडि अनुप सरलाई चिनेकाले उहाँको बानी ब्यबहार मलाई राम्रोसँग थाहा छ । हामीले एकअर्कालाई कहिल्यै प्रेम प्रस्ताव राखेनौँ । उहाँको बानीले गर्दा नै म यो मान्छेसँग जीवन बिताउन सक्छुजस्तो लाग्यो । मलाई सम्हाल्न सक्ने पुरुष उहाँ नै हो भन्ने लाग्यो । उहाँसँग मलाई डर भन्दा बढी विश्वास थियो ।
अनुप सर म भन्दा धेरै सिनियर भएकाले मलाई कुनै कुराको अप्ठ्यारो महसुस चाहिँ भएन । कुनै असमझदारी छैन । हामी प्राय कामकै विषयमा बढी गफ गछौँ । एउटै क्षेत्रमा काम गर्ने भएकाले प्राय सँगै हुन्छौ । त्यसैलाई निजी समयको रुपमा लिन्छांै । अहिलेसम्म काम छाडेर घुम्न जाने समय बिताउने गरकै छैन । साभार रामाईलो पत्रिकम

Post a Comment