मंसिर १५ –ट्राफिक प्रहरीले सोलुखुम्बुमा नियम विपरीत चलेका सवारी साधनलाई कारबाही अभियान तिब्र पारेको छ । कात्तिकदेखि शुरु गरिएको अभियानमा हालसम्म १ सय ३२ वटा सवारी कारबाहीमा परेका छन् । जिल्लामा भित्रिने र बाहिरिने सवारीसाधनको जाँचमा कडाइ गरेपछि कात्तिक महिनायता कारबाहीमा पर्ने सवारीको सङ्ख्या बढेको हो । कारबाहीमा परेका सवारीबाट ५९ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्स तथा कागजात नभएका र अन्य नियम मिचेका सवारीसाधनलाई कारबाहि गरिएको ट्राफिक इन्चार्ज भेषबहादुर थापाले बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment