मंसिर १५ –बढ्दो सवारी दुर्घटना न्युनिकरणकालागि आज सरोकारवाल निकायले छलफल गर्दै छन् । पछिल्लो समय तिब्र रुपमा बढेका सवारी दुर्घटनाका कारण मानबीय क्षति बढेपछि त्यसलाई न्यनिकरण गर्ने उपायबारे छलफल हुन लागेको हो । भौतिक पुर्वाधार तया यातायात मन्त्री बिमलेन्द्र नीधिले सवारी दुर्घटना न्युनिकरणको पहल गर्न निर्देशन दिएपछि मन्त्रालयले आज सरोकावाला निकायलाई छलफलकोलागि बोलाएको छ । आज दिउसो २ बजे मन्त्रालयमा हुने वार्तामा यातायात व्यबसायी, सवारी चालक, ट्राफिक प्रहरीलगायसँग दुर्घटनाको कारण र न्युनिकरणको उपायबारे छलफल गरिने मन्त्रालयका सचिब रबिन्द्रनाथ श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो पटक भेरी नदिमा बस खस्दा र कैलालिको भासुभिरमा भएको दुर्घटनामा मात्रै ६४ जनाको मृत्यु भएको थियो ।

Post a Comment

 
Top