मंसिर १५ –सरकारी भवन घेराउ गर्न खोज्ने प्रदर्शनकारी र प्रहरी बिच हङकङमा झडप भएको छ । २ महिना देखी लोकतन्त्रको माग गर्दै आएका आन्दोलनकारीले स्थानिय प्रशासनको केन्द्रीय कार्यालय घेर्न खोज्दा झडप भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीले आन्दोलनको प्रतिकको रुपमा छाता बोकेर प्रहरीसंग झडप गरेका थिए । हङकङका बिभिन्न शहरमा क्याम्प खडा गरेर बसेका आन्दोलनकारीलाई प्रहरीले हटाएपछि उनिहरु सरकारी भवन घेराउ गर्न अघि सरेका थिए । आन्दोलनकारीहरुले हङकङको नेतृत्व छान्ने पुर्ण अधिकार हङकङबासीलाईनै दिनुपर्ने माग गर्दै आएका छन् ।

Post a Comment

 
Top