मंसिर १५ –छत्तीस सदस्यीय नेपाली ह्यान्डबल टोली आज पाकिस्तानको फैसलावाद प्रस्थान गर्दैछ । आईएचएफ च्यालेन्ज ट्रफी (जोन–२)को तेश्रो संस्करणमा सहभागी हुन नेपाली टोली त्यसतर्फ जान लागेको हो । टोलि राति ९ बजे फैसला जानको कार्यक्रम रहेको नेपाल ह्यान्डबल संघका सचिव सन्देश रेग्मीले जानकारी दिनुभयो । टोलीमा अण्डर २१, २० का १४–१४ पुरुष÷महिला गरी २८ खेलाडी, २ अफिसियल, ४ प्रशिक्षक र २ निर्णायक छन् । पुरुषतर्फ नेपाली टोलीले डिसेम्बर ३ तारिखमा पाकिस्तानसँग पहिलो खेल खेल्नेछ । त्यसैदिन नेपाली महिला टोलीले आफ्नो पहिलो खेलमा भारतको सामना गर्नेछ । जोन–२ मा दक्षिण एसियाका ८ राष्ट्र नेपाल, भारत, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, भुटान, बंगलादेश र अफ्गानिस्तान तथा यमन गरी ९ राष्ट्र छन् । प्रतियोगिता डिसेम्बर २ देखि ८ तारिखसम्म सञ्चालन हुनेछ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment