मंसिर ११ –आज दिनभर काठमाण्डौ उपत्यको यातायात सेवा प्रभाबित हुने भएको छ । सार्क राष्ट्रका राष्ट्रपति, प्रधानमन्त्री तथा प्रथम महिलाहरुको आवत जावतका कारण यातायात सेवा प्रभावित हुने भएको हो । आज बिहान ८ बजे नै सार्क राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरु धुलिखेल गएकोले कालिमाटीदेखि माइतिघर, बानेश्वर हुँदै बिमानस्थल सम्मको बाटो खालि गरिएको छ । यस्तै अहिले केहिबेरमा प्रथम महिलाहरु भक्तपुर जान लागेकोले सोल्टी होटल कालीमाटिदेखि भक्तपुर सम्मको बाटो खाली गरिएको छ । मध्यान्न १२ बजे प्रथम महिलाहरु तथा दिउसो तीन बजे राष्ट्र तथा सरकार प्रमुखहरु धुलिखेलबाट फर्कदा पनि बिमानस्थलदेखि राष्ट्रिय सभागृह सम्मको बाटो खाली गरिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजमा सहभागि भएर तिन देशका राष्ट्र तथा सरकार प्रमुख आजै स्वदेश फर्कने कार्यक्रम छ । सरकारले हिजो र आज सार्बजनिक बिदा दिएकाले षडकमा सवारीको चाप भने कम छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment