मंसिर ११ –आज विवाहपञ्चमी, जनकपुरमा भव्य रुपमा मनाइँदैछ । विवाहका लागि विहानदैखि नेपाल र भारतका हजारौं श्रद्धालुको जनकपुरमा घुँइचो लागेको छ । उनीहरु अहिले गंगासागर पोखरीमा स्नान गर्नेक्रममा छन् । आजै दिउँसो राम मन्दिरबाट भगवान रामको डोली र जानकी मन्दिरबाट जानकीसहित महोत्सबमा आएकाहरु बाह्रविघा रणमैदानमा पुग्ने गर्दछ । त्यसपछि राम र जानकीसहित  नगर परिक्रमा गरी मैथिली परम्परा अनुसार राम र जानकीको विवाह गर्ने प्रचलन रहेको जनपुरबाट पत्रकार विरेन्द्र रमणले बताउनुभयो । भोलि विवाहमा सहभागि श्रद्धालुलाई भोज खुवाइएपछि विवाह महोत्सव सकिने गर्दछ । बिवाहपञ्चमी महोत्सव मंगलबारदेखि नै सुरु भएको थियो । विवाहमा उत्सवमा सहभागि हुन भारतको अयोध्याबाट जन्ती सोमबार जनकपुर आईपुगेका थिए । जनकपुरामा प्रत्येक मंसिर शुक्ल पञ्चमी तिथिमा विवाह महोत्सव मनाइन्छ ।

Post a Comment

 
Top