मंसिर ११ –दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १८ औं शिखर सम्मेलन काठमाण्ठौ घोषणा पत्र जारी गर्दै आज सकिदै छ । सार्क राष्ट्रहरुमा आर्थिक संबृद्धि, उर्जा, मोटर, रेलसेवा, आतंकबाद नियन्त्रण लगायत बिषयलाई मुख्य एजेन्डा बनाएर तयार पारिएको सार्क घोषणा पत्रलाई आज सार्क राष्ट्रका प्रतिनिधिहरुले अनुमोदन सहित हस्ताक्षर गर्ने छन् । साथै सार्कका ११ क्षेत्रिय केन्द्रहरु घटाएर ५ ओटामा झार्ने औपचारीक निर्णय पनि शिखर सम्मेलनले गर्ने छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री कोइराला, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे, अफगानिस्तानका राष्ट्रिपति मेहमद असरफ घानी, भुटानका प्रधानमन्त्री छिरिङ टोग्वे, मालदिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, बांगलादेशका प्रधानमन्त्री शेख हसिना बाजेदले सहभागी छन् । सम्मेलनको बन्दसत्र आज दिउसो ३ बजेपछि शुरु हुने छ । बन्दसत्रमा घोषणा पत्र अनुमोद गर्दै हस्ताक्षर गरेपछि १८ औ शिखर सम्मेलनको औपचारीक समापन गरिने छ । सार्क देशका राष्ट्र तथा सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति रामबरण यादबले आयोजना गरेको रात्रीभोजमा सहभागि भएर भारतीय प्रधानमन्त्री मोदी, अफगानिस्तानका राष्ट्रपति घानी र श्रीलंकाका राष्ट्रपति राजापाक्ष आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको अठारौँ शिखर सम्मेलनमा सहभागी सदस्य देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुख रिट्रीटका लागि आज बिहान काभ्रेको धुलिखेल गएका छन् । बिहान ८ बजे सोल्टी होटलबाट धुलिखेल प्रस्थान गरेका राष्टाध्यक्ष तथा सरकार प्रमुख दिउसो ३ बजे मात्रै पर्कने कार्यक्रम छ । राजधानी काठमाडौँबाट ३० किलोमिटर पूर्व काभ्रेको धुलिखेल नगरपालिका–१ स्थित भट्टेडाँडामा रहेको द्वारिकाज होटेलमा विशिष्ट पाहुनाहरुका लागि रिट्रिटको व्यबस्था गरिएको छ । पाहुनाहरुलाई नेपाली सेनाको सुपरपुमा हेलिकप्टरबाट लैजाने व्यवस्था गरिएको भएपनि भारतिय प्रधानमन्त्री मोदीले भने आफैले ल्याएको हेलिकप्टर प्रयोग गर्नेहुनुभएको छ । नियमित प्रक्रिया र आर्कषणको रुपमा लिइने रिट्रिटलाई औपचारिक मञ्चमा उठाउन नमिल्ने द्विपक्षीय मुद्दा उठाउने अनौपचारीक अवसरको रुपमा लिइन्छ । शिखर सम्मेलनको दोस्रो दिन नेपालले धुलिखेलमा यसप्रकारको खानपानसहितको व्यवस्था मिलाएको हो । सार्क राष्ट्रका प्रथम महिलाहरु भने आज भक्तपुर जाँदैछन् । अहिले केहिबेरमा प्रथम महिलाहरुको टोली सोल्टी होटलबाट भक्तपुर प्रस्थान गर्ने छ । भक्तपुरमा उहाहरुलाई परराष्ट्र मन्त्रालयकी सहसचिब अम्बीकादेबी लुइटेलले स्वागत गर्ने कार्यक्रम छ । प्रथम महिलाहरुले भक्तपुरको दरबार स्वायर र संग्राहलयको भ्रमण गर्ने कार्यक्रम छ । त्यसपछि भक्तपुर चेम्बरअफ कर्मसले आयोजना गरेको हस्तकला प्रर्दशनीको अवलोकन गराइने छ । त्यसपछि सास्कृतिक कार्यक्रममा सहभागि भएर उहाहरु मध्यान्ह १२ बजे होटल सोल्टीमा फर्कने कार्यक्रम छ ।

Post a Comment