कार्तिक २४ –संबिधानसभा अन्र्तगतको संबैधानिक राजनीतिक सम्बाद तथा सहमती समितको बैठक भोली बस्ने भएको छ । समिति सभापति बाबुराम भट्टराई अस्वस्थ रहेकाले स्थगित समितिको बैठक भोली बस्ने भएको हो । समिति सभापति बाबुराम भट्टराईले आज आफ्नो फेसबुक वालमा स्वास्थ्यमा सुधार हुदै आएकोले भोलीदेखि नियमित काममा फर्कने निर्णय गर्दै सम्बाद समितिको बैठक बोलाइएको उल्लेख गर्नुभएको छ । उहाको फेसबुक स्टाटसमा लेखिएको छ ‘ सबैको सदासयताले स्वस्थ बन्दैछु, भोलि कातिर्क २५ गतेदेखि नियमित काममा फर्कने सोचले सम्वाद समितिको वैठक बोलाइएको छ, अव सबैले देशको स्वास्थ्य विचारौं ।’
सभापति भट्टराई अस्वस्थ भएकोले चिकित्सकले आराम गर्न सुझाब दिएपछि सम्बाद समितिको बैठक गत बुधबार यता स्थगित थियो । स्वास्थ्यमा सुधार आए लगत्तै भट्टराइले आजै बिहान प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, नेकपा एमालेका अध्यक्ष केपी ओली, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसग टेलिफोनमा कुराकानी गर्नुभएको छ । यसअघि हिजो माओबादी अध्यक्ष प्रचण्डसँग पनि भट्टराइले छलफल गर्नुभएको थियो । भट्टराईले राजनीतिक दलका शीर्ष नेताहरु तथा संविधानसभाका अध्यक्षसँग सहमतिको मिलनविन्दु खोज्न पहल गर्न आग्रह गर्नुभएको छ ।

Post a Comment