कार्तिक २४ –पूर्वी चितवनको वीरेन्द्रनगरका एक बालकको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज दिएको जानकारीअनुसार धादिङ घर भई मजदुरी गर्दै आएका २० वर्षीय महेन्द्रथिङ तामाङलाई पक्राउ गरिएको हो । उनलाई आफ्नो गृह जिल्लामै लुकिरहेको स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनले हत्या गरेको स्वीकार गरेका छन् । थप अनुसन्धान भइरहेको र कारणबारे पत्रकार सम्मेलन गरेरै जानकारी गराउने प्रहरीले जनाएको छ । सो विषयमा अहिले खैरहनी प्रहरीले अनुसन्धान गरिरहेको छ । वीरेन्द्रनगरका ११ वर्षीय बालक होमबहादुरको हत्या आरोपमा उनी पक्राउ परेका हुन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment