कार्तिक २४ –बाँकेमा अहिले पनि करिब ८५ हजारभन्दा बढी नागरिक निरक्षर रहेका छन् । जिल्ला शिक्षा कार्यालयले यहाँ सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाका कुल निरक्षरमध्ये गत आवसम्म महिला ५० हजार ४ सय ६९ र पुरुष ३४ हजार ६१५ रहेका छन् । कुल पाँच लाख चार हजार ५४८ जनसङ्ख्या रहेको यस जिल्लामा गत आवसम्म महिला एक लाख ७६ हजार २ सय ५५ र पुरुष दुई लाख १२ हजार ६ सय ३२ साक्षर रहेको तथ्याङ्कले देखाएको छ । बाँकेमा वार्षिक २० हजार नागरिकलाई साक्षर बनाउन सकेमात्र सन् २०१५ सम्म निरक्षरता उन्मुलन गर्ने सरकारको लक्ष्य पूरा हुनसक्ने तथ्याङ्कमा उल्लेख छ ।

Post a Comment

 
Top