कार्तिक २४ –सरकारले सवारी दुर्घटना कम गर्न नयाँ रणनीतिक योजना लागू गर्ने तयारी शुरु गरेको छ । सवारी चालक अनुमतिपत्र दिँदा शैक्षिक योग्यता कम्तीमा एसएलसी उत्तीर्ण गरेको हुनुपर्ने, उमेर २५ वर्ष पुगेको हुनुपर्ने र सवारीसाधनको किसिमको आधारमा छुट्टाछट्टै अनुमतिपत्र दिने, चालकलाई तालिम दिने र अनुगमनमा कडाइ गरिने गर्ने गरि नया योजना लागु गर्ने सरकारको तयारी छ । नेपाल प्रेस युनियन चितवनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा भौतिक योजना तथा निमाण मन्त्री बिमलेनद्र नीधिले सबैभन्दा बढी सवारी चालकका कारण दुर्घटना हुने गरेको भन्दै त्यसको न्यूनीकरणका लागि यस्तो तयारी गरेको जानकारी दिनुभयो ।

रोड इजाजत नपाएका सडकमा सवारी गुड्न नदिने र सडक मर्मत संहारलाई उच्च प्राथमिकतामा राखेर दुर्घटनामा कमी ल्याउने मन्त्री निधिको भनाइ छ । बजेट अभावका कारण आवश्यक मात्रामा सडक बन्न नसकेकोले दाताहरुको खोजी भैरहेको मन्त्री नीधिको भनाई छ । उहाका अनुसार विश्व बैंक, एसियाली विकास बैंक, अन्य दातृ निकाय र निजी क्षेत्रसँग लगानीको लागि आग्रह गरिएको छ ।

Post a Comment

 
Top